मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बङ्गलादेश, पाकिस्तान र भारतको वायु गुणस्तर खराब रहेको प्रतिवेदन सार्वजनिक

Ujyaaloonline.com · Wed Mar 20 00:46:12 GMT 2024

विश्वभरमा भारत, पाकिस्तान र बङ्गलादेशको हावाको गुणस्तर सबैभन्दा खराब रहेको पाइएको छ । विश्वको हावाको गुणस्तर मापन गर्ने स्वीस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को प्रतिवेदन अनुसार बङ्गलादेशको हावा, हावामा प्रदुषित कणको हिसाबले सबैभन्दा खराब छ ।

दोस्रोमा पाकिस्तानको हावा र तेस्रो स्थानमा भारतको हावाको गुणस्तर खराव रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार दिल्ली लगातार चौथो पटक विश्वको सबैभन्दा प्रदूषित राजधानी मानिएको बीबीसी हिन्दिले जनाएको छ । प्रतिवेदनअनुसार विश्वका सात देशको हावाले मात्र विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)