मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोभिड र मौसमी फ्लुबाट जोगिने उपाय खोप

newsofnepal.com · Mon Apr 10 00:53:07 GMT 2023

काठमाडौं । नेपालमा पछिल्लो १ महिनादेखि मौसमी रुघाखोकी र ज्वरोका साथै कोरोना भाइरसको नयाँ भेरियन्टको प्रकोप बढिरहेको भन्दै स्वास्थ्य विज्ञहरूले खोप लगाएर सुरक्षित हुन सल्लाह दिएका छन् । कोरोनाविरुद्धको खोप निःशुल्क पाइन्छ भने मौसमी रुघाखोकी र ज्वरोको किन्नुपर्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार नेपालमा देखिएकोे कोभिड–१९ को नयाँ भेरियन्ट भारतमा देखिएको नयाँ भेरियन्ट जस्तै हो । कोरोनाको नयाँ भेरियन्टबाट नेपालमा पनि ४२ प्रतिशत संक्रमित भएको प्रमाणित भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)