मन्त्रीस्तरीय बैठक : म्यानमारको सैन्य 'कू'को विषयमा कुरा उठेन, भारतले बौद्ध सम्मेलन आयोजना गर्ने
pahilopost.com · Thu Apr 01 16:06:18 GMT 2021
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को १७ औं मन्त्रिस्तरीय बैठक भर्चुअल रुपमा बिहीवार सम्पन्न भएको छ। सदस्य राष्ट्र म्यानमारमा सैनिक 'कू' मार्फत त्यहाँको सत्ता सेनाले हत्याउँदै पर्दर्शनकारीमाथि दमन भइरहेको समयमा भएको सम्मेलनलाई चासोका साथ हेरिए पनि सम्मेलनमा कुनै पनि सदस्य राष्ट्रले म्यानमारमा भइरहेको सर्वसाधरणमाथिको दमनको विषयलाई भने उठाएनन्।
सम्मेलनमा म्यानमारका सैन्य सरकारका अन्तर्राष्ट्रिय साझेदार मन्त्री यु को को ह्लाइङ पनि सहभागि थिए। म्यानमारसमेत सहभागि रहेको मन्त्रिस्तरीय सम्मेलनमा म्यानमारमा भइरहेको राजनीतिक अस्थिरताका साथै राजनितिक दमनको विषयमा कुनै पनि सदस्य राष्ट्रका विदेश मन्त्रीले कुरा उठाएनन्। सम्मेलनमा बंगलादेशका विदेशमन्त्री डाक्टर ए के अब्दुल मोमेन, भुटानका विदेशमन्त्री ट्यान्डी दोर्जी, भारतका विदेश मन्त्री एस जयशंकर, नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलंकाका क्षेत्रीय साझेदार राज्यमन्त्री थारका बालासूर्या र थाइल्याण्डका उपप्रधान तथा परराष्ट्र मन्त्री डन परामुड्वीनाइले सम्बोधन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)