मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘चिनियाँ लगानी सधैं स्वागत’

ekantipur.com · Sun Mar 27 00:50:11 GMT 2022

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विकास पूर्वाधारका क्षेत्रमा चिनियाँ लगानीलाई नेपालले सदैव स्वागत गर्ने बताएका छन् । चीनका विदेशमन्त्री वाङ यीसँग शनिबार साँझ बालुवाटारमा भेटवार्ता गर्दै उनले कुनै सामान्य विषयले चीनसँगको सम्बन्ध तलमाथि नहुने स्पष्ट पारे ।

एक महिनाअघि संसद्बाट अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने क्रममा चिनियाँ पक्षबाट प्रकट भएका प्रतिक्रियाप्रति लक्ष्य गर्दै देउवाले नेपालको पूर्वाधार विकासका लागि वैदेशिक सहयोग कति आवश्यक छ भन्ने प्रस्ट पार्ने प्रयास गरेका थिए । विदेशमन्त्री वाङले नेपालको पूर्वाधार क्षेत्रमा चीनले थप लगानी बढाउन खोजेको बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)