मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल यू–१९ विश्वकपमा

ekantipur.com · Fri Mar 03 01:00:50 GMT 2023

काठमाडौँ — क्रिकेटमा उमेर समूहको सफलता । बिहीबार एसिया विजेता बनेसँगै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा पुगेको छ । क्षेत्रीय छनोटबाट विजेता भएर यस पटकको यू–१९ विश्वकपमा पुग्ने नेपाल पहिलो राष्ट्र हो । अन्य चार राष्ट्रको छनोट प्रतियोगितापछि मात्र यू–१९ विश्वकप खेल्ने १६ राष्ट्रको टुंगो लाग्नेछ ।

टेस्ट मान्यताप्राप्त राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्ड यसअघि नै आगामी विश्वकपका लागि सोझै छनोट भइसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)