मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन महिनामै सचिव सरुवा

ekantipur.com · Fri Feb 17 01:11:07 GMT 2023

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेको १० औं दिनमा अर्थ, कानुन, राजस्व, वाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात जना सचिव हेरफेर गरे । दाहालले प्रधानमन्त्री कार्यालयमातहतको राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाललाई पनि तीन महिनामै फिर्ता गरेर सहसचिव नारायण सापकोटालाई जिम्मेवारी दिए ।

गृह मन्त्रालयले गत माघ ६ मा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरू गरी ४९ सहसचिव र २१ उपसचिवको काज सरुवा गर्‍यो । अर्थ मन्त्रालयका सचिव र ६ सहसचिवलाई एकै पटक सरुवा गरियो । त्यति नै संख्यामा मन्त्रालयबाहिरबाट सहसचिवहरूलाई अर्थ मन्त्रालय ल्याइयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)