मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको नगद ९ लाख २० हजारसहित एक पक्राउ

lokaantar.com · Fri Feb 10 00:14:03 GMT 2023

विराटनगर महानगरपालिका –१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ९ लाख २० हजारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ बस्ने ४१ वर्षीय रंजितकुमार साहलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

सीआरभी घोगापुलबाट खटिएको प्रहरीले बिआर ३८ एन ४९३० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीमाथिको थप अनुसन्धान भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)