साउन १४ मा नेपाल आउँदै मिस माल्टा, के–के छन् कार्यक्रम ?
ratopati.com · Sun Jul 21 17:18:00 UTC 2024

काठमाडौँ । मिस माल्टा चेरिस स्पीटेरी यही साउन १४ गते नेपाल भ्रमणमा आउने तय भएको छ । उनीसहितको टोली साउन १४ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए ।
टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि नेपाल आउने छन् । उनीहरुको साथमा भण्डारी र सुजित बस्यालपनि नेपाल आउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)