बालेन सरकारलाई सुनिता डंगोलको साथ, महानगरमा ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा
clickmandu.com · Sun Apr 12 06:39:12 GMT 2026

काठमाडौं । इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उहाँको भनाइ छ ।
‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ,’ कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)