महिला फुटबल टोलीलाई काठमाडौं महानगरको २५ लाख
hamrokhelkud.com · Wed Oct 30 17:50:42 UTC 2024

महिला फुटबल टोलीलाई काठमाडौं महानगरको २५ लाख
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले महिला साफ च्याम्पियनसिपमा उप विजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई बुधवार २५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।
दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो। अघिल्लो संस्करणमा पनि नेपाल बंगालादेशसँगै पराजित भएको थियो।
नेपालले साफ च्याम्पियनसिपमा ६ पटक फाइनल खेलिसक्दा पनि च्याम्पियन बन्न सकेको छैन।
काठमाडौं महानगरले यसअघि पारालिम्पककी रजत पदक विजेता पलेशा गोवर्धनलाई ५ लाख र काभा नेसन्स लिगमा रजत पदक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको थियो।
Latest News
धोनी सहित ५ खेलाडी रिटेन गर्दै चेन्नई
October 31, 2024
लिभरपुल र आर्सनलको जित
October 31, 2024
टोटेनहमसँग सिटी पराजित, युनाइटेड विजयी
October 31, 2024
All Latest News
Popular News
लिभरपुल र आर्सनलको जित
October 31, 2024
टोटेनहमसँग सिटी पराजित, युनाइटेड विजयी
October 31, 2024
च्याम्पियन बंगालादेशकी रितु साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट
October 31, 2024
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)