‘क्यानलाई कप्तान परिवर्तन गर्ने अधिकार छ’
annapurnapost.com · Fri Dec 31 05:11:00 GMT 2021
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग निहीत रहेको बताएका छन्। मुख्य प्रशिक्षकको कार्यभार सम्हाल्न नेपाल आएका पुबुदुले कप्तान परिवर्तन संघको आन्तरिक अधिकार भएको बताए।
‘कप्तान परिवर्तन गर्न पाउने अधिकार हरेक संघलाई हुन्छ’, मुख्य प्रशिक्षक पुबुदुले भने, ‘क्यानले पनि त्यही अधिकार प्रयोग गरेको छ। अब त्यही निर्णय लागु हुनेछ। अब कप्तान परिवर्तन हुँदैन।’ क्यानको बोर्ड बैठकले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)