मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा

lokaantar.com

म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक १० दिनपछि आज साँझदेखि सञ्चालनमा आएको छ । बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतमा पहिरो खसेपछि गत असार २८ गतेदेखि बेनी-दरवाङ सडकअवरुद्ध भएको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरी पहिरो पन्छाएपछि आइतबार साँझदेखि सडक सञ्चालनमा आएको हो । कार्यालयका सव–इञ्जिनियर रविन चोखालले सडकमा थुप्रिएको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गरिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)