ट्रम्पको दाबी- चाहेको भए खामेनीको अन्त्येष्टिमा आक्रमण गरेर इरानी नेतृत्व सखाप पार्न सक्थेँ
nepalviews.com · Mon Jul 06 01:19:36 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा आक्रमण गरेर इरानी शीर्ष नेतृत्वलाई सखाप पार्ने विकल्प आफूसँग रहेको विवादास्पद दाबी गरेका छन्। यद्यपि, भविष्यमा हुने सम्भावित वार्ताका लागि बाटो खुला राख्न आफूले त्यसो नगरेको उनको भनाइ छ।
अमेरिकी सञ्चारमाध्यम 'एक्सियोस' सँगको कुराकानीका क्रममा ट्रम्पले खामेनीको अन्तिम संस्कारमा इरानका सम्पूर्ण शीर्ष नेताहरू सहभागी भएको अवस्थामा अमेरिकाले चाहेको खण्डमा सबैलाई एकैपटक निसाना बनाउन सक्ने बताएका हुन्। "मैले त्यसो गरिनँ, किनकि वार्ताका लागि कोही पनि बाँकी रहने थिएनन्," ट्रम्पले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)