आईएमई खल्ती र भिजन कन्सर्नबीच कर्मचारीको आँखा उपचार सम्बन्धी सम्झौता
clickmandu.com · Fri Jun 05 07:04:36 GMT 2026

काठमाडौं । अग्रणी फिनटेक कम्पनी आईएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आइ क्लिनिकबीच कर्मचारीहरूको स्वास्थ्य र कल्याणलाई ध्यानमा राख्दै ‘कर्पोरेट वेलनेस’ सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पानीपोखरीस्थित आईएमई खल्तीको कार्यालयमा भएको यस सम्झौताको मुख्य उद्देश्य कम्पनीमा कार्यरत कर्मचारीहरू र उनीहरूका परिवारलाई विशेष आँखा उपचार सुविधा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ । यो सहकार्यमार्फत दुवै संस्थाले कर्मचारीको कार्यक्षमता र स्वास्थ्यलाई थप प्रभावकारी बनाउने विश्वास लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)