मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति लामिछाने को पहलमा सुरु गरिएको यो अभियानलाई रास्वपाले संगठनभित्र पारदर्शी, छिटो र आधुनिक मतदान प्रणालीको रूपमा अघि बढाए

barnanmedia.com · Sun Jun 14 15:30:03 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक नेतृत्व चयन प्रक्रियामा पहिलोपटक विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गरेर नयाँ राजनीतिक अभ्यासको सुरुवात गरेको छ।

बागमती प्रदेश अधिवेशनबाट सुरु भएको यो प्रविधिमैत्री प्रणाली अब आगामी राष्ट्रिय महाधिवेशनमा समेत पूर्ण रूपमा लागू गरिने भएको छ।पार्टी सभापति रवि लामिछाने को पहलमा सुरु गरिएको यो अभियानलाई रास्वपाले संगठनभित्र पारदर्शी, छिटो र आधुनिक मतदान प्रणालीको रूपमा अघि बढाएको जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा ईभीएममार्फत मतदान गराइनेछ।यति मात्र होइन, विदेशमा रहेका प्रतिनिधिहरूले समेत पार्टीको मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइने भएपछि रास्वपाको यो कदम नेपाली राजनीतिक दलहरूका लागि नयाँ उदाहरण बन्न सक्ने चर्चा सुरु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)