बङ्गलादेशबाट आज मात्र ४२० नेपाली विद्यार्थी फर्किए
lokaantar.com

बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थीहरुमध्ये आज मात्र चार सय २० जना स्वदेश फर्किएका छन् ।
आज मात्र हवाईमार्गबाट एक सय १५ र बाँकी तीन सय पाँच जना काँकडभिट्टा नाका भएर नेपाली विद्यार्थी स्वदेश फर्किएका अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौलाले जानकारी दिए। आजै बिहान ११ः३० मा ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरुलाई परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)