लगानीकर्ता भित्र्याउन भारतले सिंगापुरमा कार्यालय खोल्दै
barnanmedia.com · Sat Sep 07 22:28:26 UTC 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरमा लगानी कार्यालय स्थापना गर्ने घोषणा गरेका छन् । यसबाट सिंगापुरका लगानीकर्तालाई भारतमा लगानी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार हालै प्रधानमन्त्री मोदीले सिंगापुर भ्रमणका क्रममा यस्तो घोषणा गरेका हुन् । भारतीय विदेश मन्त्रालयले जनाएअनुसार लगानीको अवसर तथा भारतीय बजारबारे सिंगापुरका लगानीकर्तालाई प्रत्यक्ष जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यालय स्थापना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)