कतै विषादीयुक्त आँप खाइरहेका त छैनौं?
swasthyakhabar.com · Mon May 29 00:18:00 GMT 2023
गर्मी मौसम शुरु भएसँगै बजारमा आकर्षक देखिने आँप व्यापक देखिन थालेको छ। धेरैले आँप खान पनि शुरु गरिसकेका होलान्। आँप स्वादिलो, पौष्टिक र कुनै पनि उमेर समूहको प्रिय फल मानिन्छ। तर पछिल्लो केहि वर्ष यता आँप राम्ररी पाक्नु अगावै बजारमा ल्याउन र आकर्षक देखाउन हानिकारक रसायनको व्यापक प्रयोग हुन थालेको पाइन्छ।
यो समस्या हाम्रो छिमेकी देश भारतमा पनि टाउको दुखाइको विषय बनेको पाइन्छ। यद्यपि हालसम्म यो समस्यालाई पूर्ण नियन्त्रणमा ल्याउन भने सकेको देखिँदैन। भारतमा जस्तै नेपालमा पनि वर्षेनी हानिकारक रसायनयुक्त आँपको बिक्रीको बारेमा चर्चा हुने गरेको पाहिन्छ। तर अनुगमन फितलो हुँदा वर्षेनी जसो रसायनयुक्त आँप खान बाध्य भइहेका छौं। र कुनै न कुनै स्वस्थ समस्याले उपभोक्ताहरु ग्रसित भइहेका पनि पाउँदछौं ।केहि वर्ष अगाडि केहि व्यक्ति आँप खाएपछि स्वास्थमा समस्या देखिएको भनेर यस अस्पतालमा आइपुग्नु भएका लेखकलाई सम्झना छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)