डिमान्डमा शुल्क बढाएर इनर्जीमा छुटको प्रस्ताव
ekantipur.com · Mon Sep 20 01:05:53 GMT 2021
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले नयाँ महसुल दर कायम गर्न विद्युत् नियमन आयोगसमक्ष सिफारिस गरेको छ । प्रस्तावित महसुल दरअनुसार टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाउन र अफ पिक (राति ११ देखि बिहान ५ बजेसम्म) समयको इनर्जी शुल्क घटाउन सिफारिस गरिएको छ ।
यातायात क्षेत्रलाई डिमान्ड शुल्क पूरै छुट दिने र इनर्जी शुल्क मात्रै लाग्ने व्यवस्था कार्यान्वयन गर्न प्रस्ताव गरिएको छ । सिँचाइमा प्रयोग हुने विद्युत्मा पनि महसुल घटाउन प्रस्ताव गरिएको छ । मासिक ४ सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकले अहिले तिर्दै आएको महसुलमा परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । अरू महसुल दर यथावत् राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)