मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोदी खेलको संरक्षणमा जुट्दै थारू समुदाय

barnanmedia.com · Sat Sep 07 23:15:59 UTC 2024

काठमाडौँ, २३ भदौ : बर्दघाट सुस्तापूर्वका थारू समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । अनतपर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको छ ।

नवलपरासीसहित तराई क्षेत्रका थारू समुदायले अनतपर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्दछन् । अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुसी बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रो फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिककार्य गरिने थारू कल्याण कारिणीसभा नवलपुरका अध्यक्ष रामप्रसाद महतोले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)