मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रथम हरैचा नकआउट फुटबल प्रतियोगिता सुरु

rajdhanidaily.com · Sat Sep 07 23:23:29 UTC 2024

बिराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका – १ मा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। हरैचा स्पोर्ट्स क्लबको आयोजनामा शुक्रबारदेखि प्रथम संस्करणको फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र तथा द्वितीय हुने टिमलाई नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका सचिव घनश्याम रिमालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)