मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

barnanmedia.com · Sat Sep 07 23:21:34 UTC 2024

काठमाडौँ, २३ भदौ : सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी) पर्व मनाएका छन् । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि चेपाङ समुदायको राष्ट्रिय पर्व छोनाम (न्वागी) सामूहिक रूपमा मनाएका हुन् ।

नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिको आयोजनामा गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भएर नाचगान गरी शुभकामना साटासाट गरेर यो पर्व मनाइएको हो । सो अवसरमा नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले चेपाङ समुदायको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न हर्षोल्लासका साथ सामूहिक रूपमा यो पर्व मनाउने गरिएको बताउनुभयो । साथै उहाँले चेपाङ समुदायको बसोबास रहेको गण्डकी प्रदेशमा न्वागी पर्वका दिन सार्वजनिक बिदा दिनसमेत माग गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)