अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाललाई ऐतिहासिक सफलता
nepalpress.com · Sun Jul 21 17:37:29 UTC 2024

काठमाडौं । नेपाललाई ६५ औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा ऐतिहासिक सफलता मिलेको छ । बेलायतको बाथमा आयोजित ओलम्पियाडमा नेपालका कृतेश ढकाल र श्रेयस शर्मा बास्तोलाले एक–एक वटा अनरेबल मेन्सन (एचएम) हासिल गरेका छन् ।
१०८ देशका ६०९ जना विद्यार्थी सम्मिलित उक्त प्रतिस्पर्धामा उनीहरुलाई उक्त सफलता मिलेको टीम लिडर एवम् नेपाल गणित संघका महासचिव छवि ढुंगानाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)