सरकारी मेडिकल कलेज अब ६ प्रदेशमा
ekantipur.com · Sat Sep 07 23:30:38 UTC 2024

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले सरकारी तबरमा सञ्चालित तीन स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक निजी मेडिकल कलेजलाई एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्यापन गराउन सिट निर्धारण गरेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको सिट निर्धारण गरिएको हो । योसँगै अब सरकारी मेडिकल कलेज ६ प्रदेशमा पुगेका छन् ।
आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा पनि सिट निर्धारण भएको छ । यी चार शिक्षण संस्थामा सन् २०२५ ब्याचदेखि चिकित्सा शिक्षामा एमबीबीएसलगायत स्नातक तह पठनपाठन गराउन आयोगले सिट निर्धारण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)