डोजर चलाउँदा बझाङको डिक्लामा पहिरो
ekantipur.com · Fri Oct 22 01:01:06 GMT 2021
बझाङ — अविरल वर्षापछि आएको पहिरोले ठूलो मानवीय क्षति पुर्याउँदा थलारा गाउँपालिकाको डिक्ला गाउँ शोकमा डुबेको छ । सोमबार रातिको पहिरोले वडा–४ मा रहेको डिक्लामा दुई परिवारका २३ जना बेपत्ता भएका थिए । दुई बालकको शव भेटिए पनि २१ जना अझै फेला पर्न सकेका छैनन् । उनीहरूको खोजीका लागि सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
पहिरोमा गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ता थिए । पहिरोमा परी सर्वस्व गुमाएका यी दुई परिवारका दुई जना भने बाँच्न सफल भएका छन् । गाउँबाट करिब १ किलोमिटर माथि रहेको बझाङ–चैनपुर–दिपायल सडक खण्डको ढोगदिना भन्ने ठाउँबाट पहिरो खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)