प्रधानमन्त्री बनेर प्रचण्ड हारे कि जिते?
annapurnapost.com · Sun Dec 25 17:22:00 GMT 2022
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गठबन्धन तोडेर तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनविरूद्ध बनेको गठबन्धन भत्काएर उनले तिनै ओलीको समर्थनमा प्रधानमन्त्री बने । जसका कारण प्रचण्डले बधाइसँगै पदलोलुपताको आरोप खेपिरहेका छन्।
तीन स्वतन्त्रसहित ७ दलको समर्थन पाएपछि प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियु्क्त गरेकी छन्। प्रचण्डले शपथ लिएपछि औपचारिकरूपमा सोमबारदेखि कार्यकाल सम्हाल्नेछन्। प्रचण्ड दलबलसहित बालुवाटार प्रवेश गर्दैगर्दा उनले प्रधानमन्त्री बनेर जिते कि हारे? धेरैको मनमा प्रश्न उब्जिएको छ। किनकि प्रचण्डकै जोडबलमा एमालेबाट छुटिएका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समावादी टाढिनुपरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
माधवकुमार नेपाल
विद्यादेवी भण्डारी
नागरिक उन्मुक्ति पार्टी
संसद विघटन
गण्डकी प्रदेश
माओवादी केन्द्र