हतार-हतारमा सामानको जोहो
annapurnapost.com · Fri Apr 02 06:06:00 GMT 2021
विराटनगर : कोरोना संक्रमणको नयाँ लहर सुरु भएको चर्चासँगै किनमेलका लागि भारतीय बजारमा जानेहरूको लर्को लाग्न थालेको छ। लकडाउनको हल्लाले खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तु किन्नेहरूको भीड बढेको छ।
चोर बाटोहुँदै जोगवनीलगायतका बजार पुग्नेलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको छ। भारतीय बजारमा सस्तो मूल्यमा सामान पाइन्छ भन्ने बुझाइले नेपालीहरूको चाप बढेको एक सुरक्षाकर्मीले बताए। ‘अब पुनः लकडाउन हुने हल्ला चलाइएपछि नेपालीहरू जोगवनी जाने क्रम बढेको छ। भीड रोक्न सक्ने अवस्था छैन’, ती सुरक्षकर्मीले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)