भारतीय सहयोगमा बन्ने पेट्रोलियम पूर्वाधार परियोजना तीन महिनादेखि छलफलमै
nayapatrikadaily.com · Sun Oct 01 00:29:00 GMT 2023
भारतीय सहयोगमा बनाउन लागिएको पेट्रोलियम पूर्वाधार परियोजनाले अपेक्षित गति लिन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा एकै दिन भएको प्रारम्भिक समझदारीमध्ये नेपालबाट १० हजार मेगाावट बिजुली किन्ने प्रस्ताव दुवै देशको सक्रियतामा टुंगो लागिसकेको छ । तर, दुईवटा पाइपलाइन र दुईवटा ठूला इन्धन भण्डारणगृह निर्माण हुने विषय भने छलफलमै अड्किएको छ ।
दुवै देशको प्रधानमन्त्रीस्तरमा भएको समझदारी कार्यान्वयन गर्न नेपाल–भारतका सरकारी तेल कम्पनीका प्रतिनिधिबीच छलफल गर्न संयुक्त कार्यदल बनेको छ । दुवै कार्यादलले हालसम्म तीनपटक बैठकसमेत गरिसकेका छन् । सझदारीअनुसार बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म र भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बन्नेछ । त्यस्तै, झापाको चारआलीमा पेट्रोलियम भण्डारणगृहसमेत बन्नेछ । यी तीनवटै परियोजना भारतको लगानीमा निर्माण हुनेछन् । त्यस्तै चितवनको लोथरमा एक लाख किलोलिटरभन्दा बढी क्षमताको भण्डारणगृह बन्ने र त्यसमा नेपालको लगानी रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)