विश्व कप लिग २ः नेदरल्याण्ड्ससँग नेपालको शानदार जित
ratopati.com · Tue Jun 10 18:18:00 GMT 2025
काठमाडौँ। विश्व कप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३६ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो । जवाफी लक्ष्य पछ्याउन उत्रिएको नेदरल्याण्ड्स ४९.२ ओभरमै २२० रनमा अलआउट भएसँगै नेपालले १६ रनले जित हासिल गरेको हो।
नेपालको सुरुवात अपेक्षित रूपमा राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेलले १८ रन बनाए भने अर्का ओपनर अनिल साह मात्र २ रनमै पवेलियन फर्किए। त्यसपछि भीम शार्की र कप्तान रोहित पौडेलले क्रमशः ३५–३५ रनको योगदान दिंदै पारीलाई सम्हाल्ने प्रयास गरे। तर इनिङ्सको आधार बने आरिफ शेख, जसले ८५ बलमा ७ चौका २ छक्कासहित ८४ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)