श्रीलङ्कामा खोजिँदै दुग्ध पदार्थको बजार
gorkhapatraonline.com · Thu Dec 28 01:23:07 GMT 2023
काठमाडौँ, पुस १२ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा बढी भएको दुग्ध पदार्थ बिक्रीवितरण गर्नका लागि श्रीलङ्काको बजार अध्ययन गरेको छ । कृषि मन्त्रालयले आफ्ना प्रतिनिधि पठाएर त्यसको अध्ययन गरेको हो । कृषि मन्त्रालयका सहसचिव मदन भुलेलको नेतृत्वमा गएका प्रतिनिधिमण्डल त्यहाँका पशु सेवा विभागलगायत अन्य सरोकारवाला निकायसँग छलफल गरेर फर्केको छ ।
श्रीलङ्का बजारमा दुग्ध क्षेत्रको निकै सम्भावना छ, त्यहाँको उत्पादनले ४० प्रतिशत मात्र धानिरहेका छन्, अरू बाँकी ६० प्रतिशत बाहिरबाट नै ल्याइरहेको कारण नेपालबाट निर्यात गर्न सकिने सम्भावना रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “दुग्ध पदार्थ क्षेत्रमा नेपालका लागि श्रीलङ्का राम्रो बजार हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)