मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नदीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार नबोल्नु लज्जाजनक : नेता रावल

lokaantar.com · Mon Dec 05 23:35:50 GMT 2022

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री भीमबहादुर रावलले छिमेकी मुलुक भारतले महाकाली नदीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा पनि सरकार मौन बस्नु लज्जाजनक भएको बताएका छन् । नेता रावलले हिजो राति सामाजिक सञ्जालमा ट्वीट गर्दै सो कुरा बताएका हुन् ।

दुई देशका नागरिकबीच ढुंगा हानाहान हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार चुइक्क नबोल्नु लज्जाजनक हो उनले भने, “दुई देशबीचको यति गम्भीर विषय प्रमुख जिल्ला अधिकारीले हेरेर हुने होइन, प्रम र मन्त्रालय देशप्रति जिम्मेवाउ होऊ ।”

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)