सिबिफिनको अध्ययन प्रतिवेदन सार्वजनिक
rajdhanidaily.com · Fri Dec 31 23:39:46 GMT 2021
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको अवस्था, समस्या र चुनौतीको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सिबिफिनका अध्यक्ष पवन गोल्याणले सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सो अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । नेपालका वरिष्ठ अर्थशास्त्री तथा बैंकिङ क्षेत्रका विज्ञको परामर्श, बैंक तथा वित्तीय संस्था एवं यस क्षेत्रका लगानीकर्ताकाको रायसुझावहरूको आधारमा प्रतिवेदन तयार गरिएको वरिष्ठ उपाध्यक्ष एवं सिबिफिनका प्रवक्ता भोजबहादुर शाहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)