मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सबैभन्दा बढी अनुदान पाएको कर्णालीले कस्तो ल्याउँदै छ बजेट ?

shilapatra.com · Sun Jun 14 15:59:00 GMT 2026

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गर्न लागेको छ । आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गर्नेछन् ।

कर्णाली प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र शर्माका अनुसार दिउँसो ३ बजेका लागि आह्वान भएको बैठकमा आर्थिक सर्वेक्षण र बजेट पेस हुने कार्यसूची छ । सरकारका तर्फबाट आर्थिक सर्वेक्षण प्रस्तुत भएपछि अर्थमन्त्री शाहले संसदमा बजेट पेस गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)