मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२०औं आहा रारा गोल्डकपः मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

rajdhanidaily.com · Wed Jan 26 23:32:29 GMT 2022

पोखरा । विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपीएफ फुटबल क्लब १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनल पुग्न सफल भएको छ । २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत १० खेलाडीमा समेटिएको लिग लिडर मछिन्द्र फुटबल क्लबलाई पहिलो सेमिफाइनलमा ३–१ स्तब्ध पार्दै एपीएफ उपाधि नजिक पुगेको हो । यसअघि एपीएफ २०६४ मा फाइनलमा प्रवेश गरेको थियो । छैटौं संस्करणको फाइनलमा एपिएफ पुलिससँग २–० ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

पोखरा रंगशालामा बुधबारको खेलमा एपीएफको जितमा सनिष श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले गोल गरे । मछिन्द्रका ओमोलाजा नुरेन करिमले गोल गरे पनि टोली सेमिफाइनलबाट अघि बढ्न सकेन । एपीएफसँगको हारसँगै मछिन्द्रले यो सिजनमा पहिलो हार बेहोरेको छ । यसअघि मछिन्द्र ‘ए’ डिभिजन लिगको ९ खेलसम्म अपराजित रहेको थियो । जसमा ७ जित र दुई बराबरीको नतिजा छ । यता, यो सिजन लिगको सुरुवाती समयमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको एपीएफले विदेशी खेलाडी अनुबन्ध गरेपछि लगातार लय समात्दै मछिन्द्रलाई स्तब्ध पार्न सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)