लुम्बिनीको राजधानी : देउखुरी उपत्यकालाई गौतम बुद्धको झल्को दिनेगरी विकास गर्ने प्रस्ताव
shilapatra.com · Sat Feb 12 12:00:00 GMT 2022
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकालाई राजधानीका रुपमा विकास गर्न बन्दै गरेको गुरुयोजनाको खाका अन्तिम चरणमा पुगेको छ । राप्ती नदीको दुबैतर्फको ग्रीनबेल्टसँगै आधुनिक शहर निर्माण गर्ने गरी गुरुयोजना बनाइँदै छ । सडकसँगै जोडिएको एक सय मिटर चौडा ग्रीन बेल्ट गुरुयोजनामा प्रस्तावित छ ।
राप्ती गाउँपालिका वडा नम्बर २ लाई मुख्य केन्द्र मानेर बनाउन थालिएको गुरुयोजनामा राप्ती गाउँपालिका अन्तर्गत ३ वटा वडा, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाका २–२ वटा वडालाई समावेस गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)