मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामूहिक बलात्कार आरोपमा घोराहीका दुई युवक पक्राउ

ekantipur.com · Mon Mar 13 01:06:25 GMT 2023

दाङ — एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले घोराहीमा दुई युवकलाई पक्राउ गरेको छ । श्रीमान्‌को उपचार खर्च जुटाउन गाउँगाउँ माग्दै हिँड्ने क्रममा घोराही उपामहानगरपालिका–१७ बेलभारस्थित गजु चौधरीको घरको आँगनमा सुतिरहेको बेला शुक्रबार राति दुई युवकले श्रीमान्‌लाई कुटपिट गरी श्रीमतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

राति साढे १ बजे दुई युवकले श्रीमान्‌सँगै सुतेकी २९ वर्षीया महिलालाई २५ मिटर टाढा खाली ठाउँमा लगेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । घटनापछि फरार रहेका स्थानीय ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई शनिबार पक्राउ गरेको उनले जानकारी दिए । दुवै जनालाई आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)