नेपाली फुटबल टोली कुवेतसँग पराजित
pahilopost.com · Sat Jun 11 18:17:56 GMT 2022
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँग पराजित भएको छ। एसिया कप छनोट अन्तर्गत समुह 'ए'को खेलमा नेपाली टोली ४-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपाली टोलीले दोस्रो हाफमा तीन गोल ब्यहोरेको हो।
खेलको २८ औं मिनेटमा कुवेतका फाहल अल्रेसिहीले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा युसुफ नासिरले गोल थप्दै अग्रता दोब्बर बनाए। उनले खेलको ५० औं मिनेटमा गोल गरे। नासिरको उक्त गोलपछि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अचेत भएर ढलेपछि अस्पताल लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)