स्कटल्यान्ड भ्रमणमा नेपालकाे तेस्राे जीत, नेदरल्यान्ड्स १६ रनले पराजित
Ujyaaloonline.com · Tue Jun 10 23:29:00 GMT 2025
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई हराएको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा गएराति सकिएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो ।
नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ ओभर २ बलमा २ सय २० रन बनाउँदा अलआउट भयो । नेदरल्यान्ड्सका वेस्ले बरेसीले सबैभन्दा धेरै ३६ रन बनाए । नेपालका नन्दन यादव र सन्दीप लामिछानेले ३/३ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)