मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा नयाँ एकताः महाधिवेशन मंसिर १० देखि १३ सम्म

rajdhanidaily.com · Tue Aug 24 23:25:14 GMT 2021

काठमाडौं । नेकपा विभाजनसँगै तीव्र विवाद र फुटको सँघारमा पुगेको एमाले आठ महिनापछि एकताको लयमा फर्किएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताको प्रक्रियामा गएका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका मुख्य र निर्णायक हिस्सालाई एमालेमा नै समाहित गरी वडादेखि केन्द्रसम्मको महाधिवेशन गर्ने निर्णय गरेका छन् ।

अध्यक्ष ओलीको अध्यक्षतामा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीको बैठकले पार्टीका सबै संरचनालाई २ जेठ २०७५ को अवस्थामा फर्काउँदै जिल्लादेखि केन्द्रसम्मका अधिवेशन गर्ने निर्णय गरेको हो । जसअनुसार एमालेको १०आंै महाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडांैमा हुने भएको छ । बैठकसँगै नेपाल समूहमा रहेका शक्तिशाली मानिएका १० जना स्थायी कमिटी सदस्य पनि एमालेमा नै समाहित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)