लामिछानेले हस्ताक्षर गरेको चेकबाट सुप्रिम सहकारीमा ४० लाख ४२ हजार जम्मा गरेको प्रमाण फेला
ekantipur.com · Sun Nov 24 16:55:26 GMT 2024
बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले हस्ताक्षर गरेको चेकबाट बुटवलको सुप्रिम सहकारीमा रकम जम्मा गरेको प्रमाण प्रहरीले फेला पारेको छ । लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेकै समयमा ४० लाख ४२ हजार रुपैयाँ सुप्रिम सहकारीमा जम्मा गरेको पाइएको हो ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार प्रहरीले लामिछानेसँग बयान लिने क्रममा ‘तपाईंको हस्ताक्षरसहितको चेकबाट सुप्रिम सहकारीमा ४० लाख ४२ हजार रुपैयाँ जम्मा भएको रहेछ, त्यो के हो ?’ भनेर सोधेको थियो । प्रहरीको त्यो प्रश्नपछि उनी आक्रोशित बनेका थिए । त्यही क्रममा अत्तालिएका उनले बिनाप्रमाणको प्रश्न किन सोधियो भन्दै प्रतिप्रश्न गरेका थिए । ‘त्यसपछि उनको हस्ताक्षरसहितको चेकको प्रतिलिपि देखाइयो,’ स्रोतले भन्यो, ‘त्यो देखेपछि उहाँ झनै हतोत्साहित हुनुभयो । आफ्ना कानुन व्यवसायीसँग बुझ्न पाउनुपर्ने प्रस्ताव गर्नुभयो, अनुसन्धानका क्रममा त्यो नमिल्ने बताएपछि बरन्डामा गएर घोरिएर बस्नुभयो ।’ धेरै समयपछि आएर ‘मैले हस्ताक्षर गरेर राखेको चेकमा कसैले रकम र अन्य विवरण भरेर बुझाएको हुनसक्छ’ भन्ने जवाफ दिएको स्रोतले बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)