प्रतिनिधिसभा बैठक : राष्ट्र बैंक ऐनसम्बन्धी प्रस्ताव समितिमा पठाइँदै
corporatenepal.com · Mon Jul 06 02:15:19 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१औँ बैठक आज (सोमबार) बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावमाथि छलफल हुने जनाएको छ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक, २०८३’ संसद्मा प्रस्तुत गर्नेछिन् । त्यसअघि उनले उक्त विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव सभासमक्ष राख्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)