पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
ratopati.com · Sun Nov 24 17:28:00 GMT 2024

कास्की । पोखरामास्थित एक निजी विद्यालयमा अध्यापन गराएर परिवारको खर्च धान्दै आएकी अनिता परियारलाई तब ठूलो बज्रपात पर्यो जब उनको आमालाई पाठेघरको क्यान्सर रहेको पत्ता लाग्यो । मास्टर्स इन इंग्लिश लिक्टेचरको चौथो वर्षमा अध्ययन गर्दै र अध्यापन गराउने अनिताले पढाइका लागि अति आवश्यक परेर किनेको ल्यापटप बेचिन, र आमा गङ्गा दमाईलाई केमोथेरापी चढाईन् ।
गत भदौदेखि आमाको उपचारका लागि चितवन पोखरा गरिरहेकी जलजला गाउँपालिका वडा–७ मिलनचोक पर्वत निवासी उनकी आमालाई चार–चरणसम्म केमोथेरापीबाट उपचार गरेपछि पाठेघरको शल्यक्रियाका लागि अहिले भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)