एनपीएल अक्सन आज, ५२ जना खेलाडी छानिने
lokaantar.com
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आज काठमाडौँमा खेलाडीको अक्सन हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
क्यानका अनुसार अक्सनका लागि कुल १५५ जना खेलाडीहरूलाई अन्तिम सूचीमा समावेश गरिएको छ। यसअघि नाम दर्ता गराएका ३४७ जनामध्येबाट १५५ जना खेलाडीहरू अक्सनको 'सर्टलिस्ट' मा परेका हुन्। जसमा क्याटेगोरी 'ए' मा ५ जना, क्याटेगोरी 'बी' मा २७ जना र क्याटेगोरी 'सी' मा १२३ जना खेलाडीहरू रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)