निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
lokaantar.com · Thu Apr 20 16:53:56 GMT 2023
कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले संस्थागत विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको बताए ।
“हामीले निजी विद्यालयलाई गत वर्षकै शुल्क र पाठ्पुस्तकलाई निरन्तरता दिने गरी निर्णय गरेका छौँ”, उनले भने, “शुल्क वृद्धि गर्नुपर्ने अवस्थामा प्रस्ताव तयार गरी नगरपालिकाबाट स्वीकृत लिन भनेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)