भोटेकोशी बाढीबाट उद्धार गरी ल्याइएका १७ जना वीर अस्पतालबाट डिस्चार्ज
nagariknews.nagariknetwork.com · Sun Sep 06 15:51:48 GMT 2026

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परी घाइते भएर उद्धार गरी वीर अस्पताल उपचारका लागि ल्याइएका २० जनामध्ये १७ जना डिस्चार्ज भएका छन् ।
वीर अस्पतालका निर्देशक डा विकास नेपालका अनुसार बाढीमा परी घाइते भएकामध्ये २० जनालाई उपचारका लागि वीर अस्पताल ल्याइएको थियो । तीमध्ये १७ जना स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएका हुन् भने तीन जनाको उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)