रेड कार्ड पाएका अमेरिकाका खेलाडीलाई अर्को खेल खेल्न दिने फिफाको निर्णय, ट्रम्पले दबाब दिएको आरोप
shilapatra.com · Mon Jul 06 02:36:00 GMT 2026
फिफा विश्वकपमा रातो कार्ड पाएपछि अर्को खेल स्वतः गुमाउनुपर्ने स्थापित नियम अमेरिकाका फरवार्ड फोलारिन बालोगुनको निलम्बन फिफाले स्थगित गरेपछि विवादमा परेको छ ।
बोस्निया एन्ड हर्जेगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएका बालोगुन अब बेल्जियमविरुद्धको अन्तिम– १६ को खेल खेल्न पाउने भएका छन् । प्रतियोगितामा तीन गोलसहित अमेरिकाका सर्वाधिक गोलकर्ता रहेका बालोगुनको निलम्बन हटाउने निर्णयबारे फिफाले स्पष्ट कारण सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)