मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ऋषेश्वर र चित्लाङ फाइनलमा

ekantipur.com · Tue May 28 00:01:45 UTC 2024

हेटौंडा — थाहा नगरपालिकामा भइरहेको पाँचौं थाहा गोल्डकप फुटबलका लागि ऋषेश्वर–११ र चित्लाङ फुटबल क्लब भिड्ने भएका छन् ।

इन्द्रायणी चौरमा सोमबार भएको सेमिफाइनलसमा ऋषेश्वरले सक्रिय युवा क्लबलाई ८–२ ले पारजित गरेको थियो । अर्को सेमिफाइनलमा चित्लाङ खेलकुद विकास समितिले टाइब्रेकरमा कुर्दन एकेडेमी चन्द्रागिरिलाई पेनाल्टी शुटआउटमा ७–६ हराएको हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएको थियो । फाइनल मंगलबार हुनेछ । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)