एमाले महाधिवेशन : बिहान ८ बजेदेखि मतदान सुरु हुँदै
baahrakhari.com · Tue Dec 16 22:26:55 GMT 2025

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ । मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ ।
हिजो (मंगलबार) साँझ नै हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको थियो । साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहे पनि प्राविधिक तयारी नपुगेको भन्दै मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)