मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एक करोडभन्दा बढी मूल्य बराबरको काठ बिक्री नभएर कुहिन थाल्यो

lokaantar.com

पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोडभन्दा बढी मूल्य बराबरको काठ बिक्री नभएर कुहिन थालेको हो ।

काठ बिक्री सम्बन्धी नयाँ नीति आएपछि काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ । प्रदेशको वन नीति संशोधन नभएसम्म काठ बिक्रीमा समस्या आइरहने उनले बताए । डिभिजनल वन कार्यालयले दोस्रो पटक काठ बिक्री गर्ने तयारी गरिरहेको वन अधिकृत भगतले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)