मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्यान्ड युरो-२०२४ मा छनोट

ekantipur.com · Wed Oct 18 01:25:51 GMT 2023

काठमाडौँ — इंग्ल्यान्डले युरो २०२४ मा मंगलबार आफ्नो स्थान सुरक्षित गरेको छ । इंग्ल्यान्डले वेम्बलीमा भएको खेलमा इटालीलाई ३–१ ले हरायो । एक गोलले पछाडि रहेको स्थितिबाट इंग्ल्यान्डले यो प्रभावशाली जित निकालेको हो ।

जर्मनीमा अर्को वर्ष हुने युरोमा छनोट हुनका लागि इंग्ल्यान्डलाई एक अंक मात्र आवश्यक थियो । इटालीले जियानलुका स्कामाकाको गोलले अग्रता लिएयता इंग्ल्यान्डका लागि ह्यारी केनले दुई तथा जुड वेविलङघमले एक गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)